बझाङ केन्द्रबिन्दु भएर फेरि अर्काे भूकम्प

कर्णाली अनलाइन ४ मंसिर २०८०, सोमबार १२:२६

सुर्खेत। बझाङकाे धमेनालाई केन्द्रबिन्दु बनाएर साेमबार बिहान भूकम्प गएको छ ।सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट र रुकुम पश्चिमलाई केन्द्र बनाएर पराकम्पहरु गइरहेको बेला यी नयाँ भूकम्प हुन् ।

कात्तिक १७ मा गएको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम केन्द्रबिन्दु बनाएर लगातार पराकम्पहरु गइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पश्चिम जिप दुर्घटना-एक बालकसहित दुईको मृत्यु

४ मंसिर २०८०, सोमबार १२:२६
रुकुम।पश्चिममा जिप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन्। बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी […]