चितवनमा धान रोप्न गएका १४ जना चट्याङ लागेर घाइते

कर्णाली अनलाइन २३ असार २०७९, बिहीबार १०:२३

चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।कालीका–८ मझुवामा रहेकाे कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।

त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । हिजाे बेलुका ६ बजेतिर चट्याङ परेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

२३ असार २०७९, बिहीबार १०:२३
काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले किन्न लागेको बताएका छन्। मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्।  आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले लेखेका छन्। ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा […]