दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

कर्णाली अनलाइन ३ फाल्गुन २०८०, बिहीबार २२:०३

दाङ।दाङमा गोली हानेर एक जनाको हत्या भएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या भएको हाे।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमान्ले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घटना करिब साढे ७ बजे भएको हो। गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वनभोजमा मेयरका स्वकीय सचिवको खाना सर्केर मृत्यु

३ फाल्गुन २०८०, बिहीबार २२:०३
रामेछाप। जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ। रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए। रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए। […]

सम्बन्धित शीर्षक