एनसेल प्रकरणबारे जानकारी माग्न राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

कर्णाली अनलाइन २२ मंसिर २०८०, शुक्रबार १९:१३

काठमाडौँ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।

समिति सचिवालयमा शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

खतिवडाले देश सञ्चारसँग भने,‘समिति बैठकले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ, म प्रधानमन्त्रीलाई भेटेर समय मिलाउँछु।’ समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोर्चुगलको राजदूतका लागि सनिलको नाम सर्वसम्मतिले अनुमोदन

२२ मंसिर २०८०, शुक्रबार १९:१३
काठमाडौँ । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ। समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि  राजदूतमा सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि बैठकमा […]

सम्बन्धित शीर्षक