पोर्चुगलको राजदूतका लागि सनिलको नाम सर्वसम्मतिले अनुमोदन

कर्णाली अनलाइन २२ मंसिर २०८०, शुक्रबार १९:१७

काठमाडौँ । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ। समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि  राजदूतमा सिफारिश गर्ने निर्णय गरेको थियो।

यसअघि बैठकमा प्रस्तावित राजदूत नेपालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राजदूतावासको स्थापना र सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए।

उनले पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताएका थिए।

सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी सल्यानलाई

२२ मंसिर २०८०, शुक्रबार १९:१७
सुर्खेत। कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सल्यानले हात पारेको छ।प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको खुल्ला मञ्जमा भएको प्रतियोगीताको उपाधी सल्यानले हात पारेको हो। शनिबार भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै सल्यान पहिलो भएको हो। यस्तै, दोस्रो स्थानमा सुर्खेत, तेस्रो स्थानमा रुकुमपश्चिम भएको आयोजकले जनाएका छन् ।