काठमाडौँ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गर्ने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न भएको छ। अवार्ड कार्यक्रममा देशभर रहेका २४ हजार ५०० अभिकर्ताहरुमध्ये आर्थिक वर्ष २०७७र०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको थियो।
आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा रामहरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा ब्राण्ड एम्बासेडर मनिषा कोइरालासमेत उपस्थित थिइन्। उनीहरुले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरेका थिए।
आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा एमडीआरटीलाई केन्द«विन्दु बनाई प्रशिक्षण दिइएको थियो। आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बीमा पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताए।
यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउँदै उनले कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।कम्पनीका अध्यक्ष डा रामहरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पुर्याएको बताए।