कर्णालीमा अन्ततः भागबण्डा मिल्यो, यी हुन् नयाँ मन्त्री

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ११:२०

सुर्खेत । नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ।लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।

केन्द्रको परिपत्रअनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। उनका अनुसार आज साँझ वा सम्भव नभए भोलि बिहानसम्म नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी छ।

कसले कुन मन्त्रालय पाउँदै ?

आठ सदस्यीय कर्णाली मन्त्रिपरिषदमा पाँच मन्त्री थप हुने भएका छन्। जसमा नेकपा माओवादी केन्दले दुई, नेपाली कांग्रेसले दुई र नेकपा (एकीकृत समाजवादी)ले थप एक मन्त्रालय पाउने भएका छन्।

यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार मन्त्रालयको बाँडफाँट टुंगो लागेपछि नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्ने तयारी छ।

यस्तै नेकपा माओवादीबाट कार्चेन लामालाई ऊर्जा तथा जलस्रोत मन्त्री र गणेशप्रसाद सिंहलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्ने तयारी छ

समाजवादीबाट मन्त्री बन्न लागेका पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा थप १३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

२३ माघ २०७८, आईतवार ११:२०
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको छ। आइतबार ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको […]