नेपालमा पछिल्लो २४ घण्टामा थप १३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ११:२४

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको छ।

आइतबार ८ हजार ७०४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ६ हजार ४४३ पीसीआर तथा २ हजार ८०८ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लाकी घाइते तामाङलाई सात लाखको हेलिकप्टर चार्टर गरेर उद्धार

२३ माघ २०७८, आईतवार ११:२४
धन बहादुर भण्डारी हुम्ला।जिल्लाकोे नाम्खा गाउँपालिका–५ तुम्कोटकी एक महिलाको हेलिकप्टर चार्टर गरी उद्धार गरिएको छ । घरको छतबाट लडेर घाइते भएकी ५८ वर्षीया छिरिङ्वा तामाङ माघ २१ गते घरको छतबाट लड्दा घाइते भएकी थिइन् । खराब मौसमका कारण उनको उद्धार हुन नसकेको ले आईतबार हेलिकप्टर चार्टर गरी उद्धार गरिएको हो […]

सम्बन्धित शीर्षक