कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने,देउवालाई ८२ मत पुगेन,

कर्णाली अनलाइन २८ मंसिर २०७८, मंगलवार ०४:०७

काठमाडौँ ।नेपाली कांग्रेसको नयाँ सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । सोमबार भएको चुनावको मतगणना हुँदै कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएको हो ।

४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो । तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए ।

यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङले २० मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।देउवा प्यानलले दोस्रो चरणमा गएमा आफूहरुलाई गाह्रो पर्ने मूल्यांकन गर्दै पहिलो चरणमै जितका लागि प्रयास गर्ने रणनीति बनाएको थियो ।तर सो रणनीति अनुसार मत खसेको भने पाइएन । दोस्रो चरणमा शेखरको पक्षमा आफूहरु उभिने विमलेन्द्र निधिले चुनाव अघि नै बताएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर चिसो बढ्दै, कहाँ कस्तो रहला मौसम?

२८ मंसिर २०७८, मंगलवार ०४:०७
काठमाडौँ ।मध्य तथा पश्चिमका क्षेत्रमा आंशिक बदली रही अरु स्थानको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव अहिले नेपालमा रहेको मौसमविदले बताएका छन् । हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो लुम्बिनी […]