ठेक्कापट्टा गर्ने व्यक्ति उम्मेदवार बन्न नपाउने, १९ बुँदे स्वघोषणा गर्नुपर्ने

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार ११:५७

काठमाडौँ।स्थानीय तहको चुनावमा उम्मेदवारी दिँदा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको आज बुधवार बसेको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।

निर्देशिकाअनुसार उम्मेदवारले आफू कुनै पनि ठेक्कपट्टामा नरहेकोदेखि सरकारी सेवा सुविधा नलिएकोसमेतका स्वघोषणा गर्नुपर्नेछ । उम्मेदवारले नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, कुनै पनि सरकारी संस्थाबाट पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको, सरकारी लाभको पदमा नरहेको, प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम नरहेको, स्थानीय तहलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको स्वघोषणा गर्नुपर्नेछ ।

यस्तै कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल–अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको, सरकारी पेस्की, बेरुजु बुझाउन नरहेको, चुनावी आचारसंहितामा प्रतिबद्ध रहेको लगायतका स्वघोषणा पनि उम्मेदवारले गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्देशिकामा निर्वाचन अधिकृत सम्बन्धी व्यवस्था, सरोकारवालाको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता, मनोनयन, मतदाता नामावली, मनोनय, मतदान, मतगणना लगायका विषय समावेश रहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सरकारले गरेका काम लिएर जनतामा जानू : अध्यक्ष ओली

१६ चैत्र २०७८, बुधबार ११:५७
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उपलब्धिहरूलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ ।आउँदाे वैशाख ३० गते हुने तय भएकाे स्थानीय तह चुनावकाे प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज बुधवार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक […]