श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

कर्णाली अनलाइन ६ श्रावण २०७९, शुक्रबार १८:४२

काठमाडौं। श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन्।

उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बने  गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन्। गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेका महासचिव पोख्ररेलद्धारा कर्णाली प्रदेश पार्टी कार्यालयको उद्धघाटन

६ श्रावण २०७९, शुक्रबार १८:४२
सुर्खेत।नेकपा (एमाले)का महासचिव शंखर पोखरेल सुर्खेत आएका छन् । शनिबार बृहत कार्यकर्ता प्रशिक्षणमा सहभागि हुन पोखरेल सुर्खेत आएका हुन् । महासचिव पोखरेलले सुर्खेत पुगेसँगै नेपका (एमाले)कर्णाली प्रदेश पार्टी कार्यालयको उद्धघाटन समेत गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ सुर्खेतमा रहेको पार्टी कार्यालयको उद्धघाटन गरेका हुन् । यस्तै, महासचिव पोखरे शनिबार […]