शीतकालीन ओलम्पिक : चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुहुने

कर्णाली अनलाइन २१ माघ २०७८, शुक्रबार ०९:५१

काठमाडौँ।चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसीले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ ।

प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २४औँ संस्करणको शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने तयारी छ । उद्घाटन तथा समापन समारोह बेइजिङ राष्ट्रिय रङ्गशालामा हुनेछ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा लागू हुने आयोजक चीनले जनाएको छ । शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले यो प्रतियोगितामा कुटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।

भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ ।

पछिल्लाे वर्ष भारत र चीनबीच गलवानकाे विषयमा विवाद भएको थियाे। दुई देशबीच उच्च तहमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसक्दा तनाव घटेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

२१ माघ २०७८, शुक्रबार ०९:५१
प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित […]

सम्बन्धित शीर्षक