प्रशिद्ध गायिका लता मंगेशकरको निधन

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ०६:०९

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनलाई हालैका दिनमा फेरि भेन्टिलेटरमा राखिएको थियो ।

मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा लता मंगेशकरको उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो। संक्रमण पुष्टि भएपश्चात जनवरी ८ मा उनी अस्पताल भर्ना भएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँले कठ्याङ्ग्रिएर जुम्लामा एक जनाको मृत्यु

२३ माघ २०७८, आईतवार ०६:०९
जुम्ला। जुम्लास्थित तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ। यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए। शाहीका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको यही माघ २१ गते निधन भएको हो। ‘पाटनमा सेतक चिनी […]