हिउँले कठ्याङ्ग्रिएर जुम्लामा एक जनाको मृत्यु

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ०६:२३

जुम्ला। जुम्लास्थित तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ। यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए। शाहीका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको यही माघ २१ गते निधन भएको हो।

‘पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,’ देवीलालले भने, ‘गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।’ सो घटनास्थल सदरमुकाम जुम्लाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार गठनको तीन महिनापछि,कर्णालीमा मन्त्रिपरिषद विस्तारको तयारी

२३ माघ २०७८, आईतवार ०६:२३
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने विवादमै तीन महिना खेर फालेका कर्णाली प्रदेशसभाका सत्ता गठबन्धन […]