मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कर्णाली अनलाइन २७ चैत्र २०७८, आईतवार ०९:१७

हेटौंडा।हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो।घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन:एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

२७ चैत्र २०७८, आईतवार ०९:१७
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो । पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा […]