दुल्लू नगरपालिका वडा नं. १३ मा एमालेका शाही विजयी

कर्णाली अनलाइन १ जेष्ठ २०७९, आईतवार ०५:१९

सुर्खेत । दुल्लू नगरपालिका वडा नं. १३ मा एमालेका विर्षबहादुर शाहीको प्यानल नै विजयी भएको छ । शाहीले अध्यक्षमा कुल ८२२ मत प्राप्त गरी गठवन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का डम्बरबहादुर शाहीलाई हराएका हुन् ।

कांग्रेस-माओवादीबाट उम्मेदवार बनेका शाहीले ७७३ मत प्राप्त गरे । यस्तै नगरमा पनि एमालेको अग्रता कायमै छ । एमालेबाट नगर प्रमुखका उम्मेदवार बनेका रुद्रबहादुर शाहीले ९१६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने, नेपाली कांग्रेसका भरतप्रसाद रिजालले ६३३ मत प्राप्त गरी शाहीलाई पछ्याइ रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी विजयी

१ जेष्ठ २०७९, आईतवार ०५:१९
सुर्खेत। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । उनी १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाए । उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर […]