चुनाव अवधिभर सुर्खेतमा मदिरा सेवन तथा बिक्री वितरणमा निषेध

कर्णाली अनलाइन २५ बैशाख २०७९, आईतवार ११:५१

 

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर मादक पदार्थ सेवन तथा बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ।आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन लाई स्वच्छ ,निष्पक्ष भयरहित एवं शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले यही बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मको लागि स्थानिय तह सदस्य निर्वाचन निर्शेशिका ,२०७३ को दफा ७१मा भएको व्यबस्थाको प्रभावकारी कार्यान्वयनका लागि मौन अवधी सुरु हुने मितिबाट मादक पदार्थ सेवन तथा बिक्रि बितरणमा पूर्ण निषेध गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निवार्चनका बेला मदिराजन्य पदार्थ सेवनले अवरोध गर्न सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीबाटै निकालिए विप्लव, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन

२५ बैशाख २०७९, आईतवार ११:५१
काठमाडौं ।पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसद्‍वादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी दिए। कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र […]