देशभर आंशिकदेखि सामान्य बदली, यी प्रदेशमा वर्षाको सम्भावना

कर्णाली अनलाइन २४ माघ २०७८, सोमबार ०४:५५

काठमाडौँ ।आज सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहेको छ।देशका तराई भूभागमा आज बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। जसअनुसार प्रदेश नं १ को पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ।

मंगलबार दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने मौसमविद्हरुले जनाएका छन्। उनीहरुका अनुसार प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद्हरुका अनुसार बुधबार दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।@RSS


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रबारे प्रचण्डको प्रष्टिकरण : ‘बिना संशोधन एमसीसी पारित हुनै सक्दैन’

२४ माघ २०७८, सोमबार ०४:५५
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एमसीसी मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले त्यसबारे प्रष्टिकरण दिएको छ। आइतबार साँझ उनको सचिवालयले एक प्रेसनोट जारी गर्दै प्रष्टिकरण दिएको हो। प्रष्टिकरणमा सचिवालयले प्रधानमन्त्री देउवामाथि एमसीसी पारित गर्न दवाव आएको अवस्थामा उक्त दवावलाई साम्य पार्न कुटनीतिक पहलकदमी लिइएको स्पष्ट […]