मौसम पूर्वानुमान महाशाखा-देशैभर हल्कादेखि मध्यम वर्षा

कर्णाली अनलाइन २५ जेष्ठ २०७९, बुधबार ००:५७

काठमाडौं । देशैभर हल्कादेखि मध्यम वर्षा हुने मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।नेपालमा हाल मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

बिहीबार पनि प्रदेश १, मधेश, बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार १ देखि भदाै मसान्तसम्म सडक विभागले बाटाे खन्न नदिने

२५ जेष्ठ २०७९, बुधबार ००:५७
काठमाडाैँ।सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना जारी गरी वर्षायाममा सडक खन्दा बिग्रिने बताउँदै स्वीकृति नदिने जनाएकाे हाे।संघले विभिन्न प्रयाेजनका लागि बाटाे खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र कसैले जबरजस्ती खनेमा कारबाही गरिने पनि बताएकाे छ। […]