राजनीतिक समन्वय समिति आवश्यक छैन : सिंह

कर्णाली अनलाइन २४ कार्तिक २०७८, बुधबार ०७:०७

काठमाडौं। सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल काँग्रेसमा असन्तुष्टि बढेको छ। राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने गरेका दलहरूले यसपटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गरेका छन्।

तर, सोही समितिलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको सतहमै देखिएको छ। गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधवार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको दाबी गरे। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै नरहेको नेता सिंहको भनाई छ।

उनले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको बताए। ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधि विपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो। ‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको भाउ बढ्यो : तोलाको कति पुग्यो ?

२४ कार्तिक २०७८, बुधबार ०७:०७
काठमाडौं। बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २०० पुगेको छ।चाँदीको भाउ भने बुधबार स्थिर […]