नेपाल प्रहरीमा खुल्याे रोजगार, कुन पदमा कति माग्याे ?

कर्णाली अनलाइन १० मंसिर २०७८, शुक्रबार ११:१७

काठमाडाैं। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा २ सय ३ जना गरी जम्मा २ हजार ३ सय २० जनाका लागि हाल दरखास्त आव्हान गरिएको हो ।

प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौँ, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मङ्सिर १९ गतेदेखि पुस २३ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ

१० मंसिर २०७८, शुक्रबार ११:१७
सल्यान।आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले उनकै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नाता पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको हो। चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको […]