मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

कर्णाली अनलाइन ८ जेष्ठ २०७९, आईतवार १०:४१

काठमाडौ।वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।श्रेष्ठको ७२औँ जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् ।

बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गर्नुभएको हो ।

गीतकार तथा सङ्गीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको हो । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताउनु भयो ।

भिडियाे :

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका नौ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए सपथ

८ जेष्ठ २०७९, आईतवार १०:४१
सुर्खेत। सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुलाई जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले सपथग्रहण गराएका हुन् । सपथ लिनेहरुमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड […]

सम्बन्धित शीर्षक