माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आज बाँकी समूहले सुझाव दिँदै

कर्णाली अनलाइन १५ पुष २०७८, बिहीबार ०४:५८

काठमाडौँँ। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।काठमाडौँँ को कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् ।

आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने छन् ।  काठमाण्डौमा चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल थालिएको थियो ।

आज बिहान ११ बजेदेखि बाँकी १४ समूहले छलफलका निष्कर्ष राख्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो । हिजो सुझाव तथा निष्कर्ष राख्दै प्रतिनिधिले नेपाली समाजवादी क्रान्तिका आधारहरु के–के हुन् भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

पलायन भएको युवा जनशक्ति नेपाल फर्काएर समाजवादी आन्दोलन अगाडि बढाउने स्पष्ट खाका नआएको टिप्पणी गरेका छन् । एमसीसी लगायतका सबैखाले सम्झौता खारेज गर्ने नीति महाधिवेशनले लिनुपर्नेमा पनि प्रतिनिधिको जोड छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

१५ पुष २०७८, बिहीबार ०४:५८
काठमाडौँँ।कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनुभएको हो । उहाँले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी […]