ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

कर्णाली अनलाइन १५ पुष २०७८, बिहीबार ०५:०७

काठमाडौँँ।कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनुभएको हो ।

उहाँले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताउनुभएको छ । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताउनुभएको छ ।सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्तरिक हवाई उडानहरू सुरु

१५ पुष २०७८, बिहीबार ०५:०७
काठमाडौं। मौसममा सुधार हुन थालेसँगै लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो। आज भने आन्तरिक उडान सुरु हुन थालेको छ। विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ। मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो […]