जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली अनलाइन १३ आश्विन २०७९, बिहीबार २२:२६

जुम्ला।हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको हो। सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन्।

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ। घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घन्टामा थपिए ५४० डेंगीका नयाँ बिरामी, दुई जनाको मृत्यु

१३ आश्विन २०७९, बिहीबार २२:२६
काठमाडौँ।पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ। बितेको चौबिस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको […]