बाँकेमा ट्रकले किच्दा डिउटीमा रहेकी प्रहरी महिलाको मृत्यु

कर्णाली अनलाइन ९ फाल्गुन २०७८, सोमबार ०६:५३

बाँके। जिल्लाको  कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।

गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।उनका अनुसार तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहेकी प्रहरी जवानमाथि आएर पल्टिँएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो ।

ट्रकले किचिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रुपमा क्षति भएको प्रमुख शाहले बताए । ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'१७ क्यासिनोले बुझाए ८१ करोड रोयल्टी':पर्यटन विभाग

९ फाल्गुन २०७८, सोमबार ०६:५३
काठमाडौँ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ। आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए। उनले भने, ‘रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन्। अहिलेसम्म हाम्रो […]