किशोरी ‘बलात्कार’ गरेको आरोपमा कराँते प्रशिक्षक विरुद्ध उजुरी

कर्णाली अनलाइन १० कार्तिक २०७८, बुधबार ०९:०८

काठमाडाैं। काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेकाे पीडित पक्षकाे उजुरीमा उल्लेख छ। प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

किशोरीलाई प्रशिक्षक शाही र कराँते खेलाडी सन्देश बाँस्कोटाले रौतहटमा सामूहिक रूपमा पनि बलात्कार गरेको आरोप छ । १९ वर्षीय बाँस्कोटालाई काठमाडौँ प्रहरीले असोज १२ मा पक्राउ गरेको थियो ।

रौतहटको चन्द्रपुरमा आयोजित ‘मेयर कप राष्ट्रिय प्रतियोगिता–०७७’ मा सहभागी हुन जाँदा उनीहरूले सामूहिक रूपमा बलात्कार गरेका थिए । सन्देशलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको प्रहरी स्राेतले जनाएकाे छ।  ‘


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु, अर्काे बेपत्ता

१० कार्तिक २०७८, बुधबार ०९:०८
बैतडी। महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन्। यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० […]