महाकालीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु, अर्काे बेपत्ता

कर्णाली अनलाइन ११ कार्तिक २०७८, बिहीबार ०४:१२

बैतडी। महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन्। यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो। दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता सन्दीपको खोजी कार्य भइरहेको छ। खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन्। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको नेतृत्व काँग्रेसले पाउनुपर्छ : मन्त्री थापा

११ कार्तिक २०७८, बिहीबार ०४:१२
सुर्खेत । कर्णाली प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेको बेला नेकपा एकीकृत समाजवादीले पनि काँग्रेसले नेतृत्व पाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । साझा विसौनी दैनिकले प्रकाशीत गरेको अन्तरवार्तामा समाजवादीका कर्णाली अध्यक्ष एवम् भौतिक पूर्वाधार तथा शहकारी विकास मन्त्री अम्मरबहादुर थापाले अबको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नै हुनुपर्ने उल्लेख गरेका […]