बाजुरा (क) मा एकीकृत समाजवादीका शाही विजयी

कर्णाली अनलाइन १७ मंसिर २०७९, शनिबार २०:४७

सुर्खेत।बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १०‚९७३ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८‚६३२ मत प्राप्त गरे। यसैगरी गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव)ले १‚०९८ मत प्राप्त गरेका छन्।विजयी शाही राष्ट्रिय युवा संघका अध्यक्ष समेत हुन्। उनलाई काँग्रेसले समर्थन गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता गठबन्धनको बैठक भोलि, पद बाँडफाँटबारे छलफल हुने

१७ मंसिर २०७९, शनिबार २०:४७
काठमाडौँ।गठबन्धन बनाएर चुनावमा गएका दलहरुको समीक्षा बैठक सोमबार बस्ने भएको छ।गठबन्धन बनाएर चुनावमा गएका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। चुनावपछि पहिलो पटक औपचारिक रुपमा बस्न लागेको गठबन्धनको बैठकमा चुनावको समीक्षा हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। मंसिर […]