गाउँपालिका अध्यक्ष छाडेर बुढाले दिए वडासदस्यमा उम्मेदवारी

कर्णाली अनलाइन १९ बैशाख २०७९, सोमबार ०७:३५

दैलेख। २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका प्रेमबहादुर बुढाले यसपटक वडासदस्य पदमा उम्मेदवारी दिएका छन्। बुढाले भैरवी गाउँपालिका ७ माथिल्लो कुसापानीबाट वडासदस्यमा उम्मेदवारी दिएका हुन्।

जिल्ला समन्वय समितिमा आउन वडाबाट प्रतिनिधित्व गर्नुपर्ने प्रावधानका कारण वडा सदस्यमा उम्मेदवारी दिएको उनले बताए । बुढाले पाँच वर्ष स्थानीय सरकारमा बसेर भैरवीका जनताको सेवा गरेको बताउँदै बाँकी दिनमा समन्वय समितिबाट जिल्लाभरका जनताको सेवामा लाग्ने बताए। २०७४ मा भएको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका बुढाले तीन हजार ५८४ मत प्राप्त गरेका थिए । बुढा एमाले दैलेखका भद्र र शालीन नेता मानिन्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले चुनावमा कति खर्च गर्ने पाउँछन ?(सुचीसहित)

१९ बैशाख २०७९, सोमबार ०७:३५
काठमाडौं।  स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिन्हको टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन्। यतिबेला उम्मेदवारहरू मतदाताको घरदैलोमा धाइरहेका छन्। यहीबीच निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको दायरा निर्धारण गरेको छ। आयोगका अनुसार स्थानीय तहका उम्मेदवारले बढीमा ७ लाख ५० हजार […]