स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले चुनावमा कति खर्च गर्ने पाउँछन ?(सुचीसहित)

कर्णाली अनलाइन १९ बैशाख २०७९, सोमबार ०७:४४

काठमाडौं।  स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिन्हको टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन्। यतिबेला उम्मेदवारहरू मतदाताको घरदैलोमा धाइरहेका छन्। यहीबीच निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको दायरा निर्धारण गरेको छ।

आयोगका अनुसार स्थानीय तहका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ र कम्तीमा २५ हजार रुपैयाँसम्मको खर्चको सीमारेखा निर्धारण गरिएको छ। महानगरपालिका मेयर तथा उपमेयरले ७ लाख ५० हजार र वडाध्यक्ष र सदस्यहरूले ३ लाख मात्रै खर्च गर्न पाउने आयोगले जनाएको छ। उपमहानगरपालिका मेयर तथा उपमेयरले क्रमशः ५ लाख ५० हजार र वडा अध्यक्षहरूले क्रमशः २ लाख ५० हजार रकम विभिन्न शीर्षकमा खर्च गर्न पाउने छन्।

मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधन र घोडचढीमा १ लाख ५० हजार, सवारी इन्धन/दानमा ४० हजार, प्रचार प्रसार सामाग्रीमा १ लाख, ढुवानीमा २५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख ३९ हजार, अन्य प्रचार प्रसार (छाप तथा विद्युतीय माध्यम) मा ९५ हजार, कार्यालय सञ्चालनमा १ लाख, प्रतिनिधि परिचालनमा ७५ हजार र विविधमा २३ हजार गरी ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ।

यसैगरी, वडा अध्यक्ष, वडा सदस्य महिला, दलित वा अल्पसंख्यक सदस्यले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा ३० हजार, सवारी इन्धन/दानमा १५ हजार, प्रचार प्रसार सामाग्रीमा १ लाख, ढुवानीमा १० हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ७५ हजार, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा २० हजार, कार्यालय सञ्चालनमा २० हजार, प्रतिनिधि परिचालनमा २५ हजार र विविधमा ४ हजार ५ सय गरी ३ लाख रुपैयाँ भित्रको सीमा भित्र रहेर खर्च गर्नुपर्ने आयोगले सूचना जारीसमेत गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केशव स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण

१९ बैशाख २०७९, सोमबार ०७:४४
काठमाडौं ।नेकपा एमालेबाट काठमाडौं महानगरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफसहितको पत्र काटेको हो। स्थापितको अभिव्यक्तिबारे पत्रपत्रिकामा देखेपछि कारण सत्य के हो? भनेर बुझ्न पत्र काटेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले  बताए।मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना […]