मिस नेपाल– २०२२ को फाइनलमा भिड्दै बुटवलकी डाक्टर दिलाशा डोटेल

कर्णाली अनलाइन २२ जेष्ठ २०७९, आईतवार ००:५६

रुपन्देही । चिकित्सा सेवामा रहेकी बुटवलकी डा. दिलाशा डोटेल मिस नेपाल– २०२२ को फाइनलमा भिड्ने भएकी छन् ।उनले बुटवलको न्यू होराइजन बोर्डिङ स्कूलबाट एसईई र प्लस टु गरेको कलेजका सहायक प्राचार्य गोपाल आचार्यले बताए । उनी चितवन मेडिकल कलेज सीएमसीबाट एमबीबीएस उत्तिर्ण गरी सोही कलेजमा कार्यरत छन् । डा. डोटेलसहित २४ जना युवती यो प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

दिलाशा अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेसनलको चाइल्ड कोर्डिनेटर र ओरल हेल्थ नेपालको भाइस प्रेसिडेनटको रुपमा समेत सामाजिक क्षेत्रमा क्रियाशील छन् ।डा. दिलाशाले खल्ती डटकम एपमार्फत आफूलाई धेरैभन्दा धेरै भोट दिएर मिस नेपाल २०२२ को फाइनलमा जिताउन अपिल गरेकी छन् । ४ असारमा प्रतियोगिताको फाइनल हुंदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यूईएफए नेसन्स लिग: पहिलो खेलमै इंग्ल्यान्ड पराजित

२२ जेष्ठ २०७९, आईतवार ००:५६
काठमाडौं । हंगेरीलाई १–० को नतिजा सुम्पिँदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।जितसँगै हंगेरीले पहिलो […]