मैले हारेँ भनेँ हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन्ः देउवा

कर्णाली अनलाइन २६ मंसिर २०७८, आईतवार ११:४७

काठमाडौँ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुनसक्ने आशङ्का व्यक्त मात्र गरेको स्पष्ट पारेका छन्।

उनले आज बिहानको एक कार्यक्रममा आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको विषयको खण्डन गर्दै यदि आफूले सभापतिको निर्वाचन हारेमा प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुनसक्ने र देशको प्रधानमन्त्रीले हार्‍यो भनेर नैतिकताको प्रश्न उठाउन सक्नेतर्फ आफूले जानकारी मात्र गराएको बताए।

उनले आज नेपाली कांग्रेस बाग्मती प्रदेशद्वारा आयोजित कार्यक्रममा भने, ‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ। म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हार्‍यो भन्छन्। नैतिकताको कुरा उठाउँछन्। यो सरकार चुनावसम्म नजान पनि सक्छ। मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो।’

उनले आफ्नो पार्टीभित्र र बाहिरका साथीहरूको सहयोगबाट आफूले केपी शर्मा ओलीको डर, त्रासबाट देश र जनतालाई मुक्त गराएको दावी गरे। प्रधानमन्त्री देउवाले भने, ‘सार्वभौम जनता कसैसँग डराउनु हुँदैन तर हिजो गाउँ–गाउँमा हाम्रा साथीहरू डराउनुपर्ने अवस्था ल्याइएको थियो। अहिले मैले ओलीको त्यो डर त्रासबाट हाम्रा साथीहरुलाई मात्र नभएर देशलाई नै मुक्त गराएको छु। यस्तै अवस्था अब रहिरहनका लागि पनि मैले सभापति जित्नुपर्छ भन्ने प्रसङ्ग मात्र निकालेको हो।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबकाे हाम्राे लडाईं वित्तीय एकाधिकार पूँजीवादसँग हाे : प्रचण्ड

२६ मंसिर २०७८, आईतवार ११:४७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजी बजारमा भइरहेको लगानी गलत भएको टिप्पणी गरेका छन् । पूँजीको लगानी उत्पादनमूलक उद्योगहरुमा हुनुपर्नेमा अन्यत्रै भएको उनले बताएका हुन् । शेयर लगानीकर्ताहरुले ‘पूँजीबजार विरोधीलाई नो भोट’ अभियानको घोषणा गरेको भोलिपल्टै प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि यसलाई चासोको साथ हेरिएको छ । […]