सुर्खेत।सत्तारुढ दलहरुविच देशैभर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेपनि कतिपय जिल्लाहरुमा गठबन्धन पेचिलो बन्दै आएको छ ।सुर्खेतको लेकवेशी नगरपालिका–५ नेटामा काँग्रेसको वडा कार्य समितिले गठबन्धन नगर्ने भन्दै राजिनामा दिएको २४ घण्टा वित्न नपाउँदै सल्यान जिल्लामा गठबन्धन नगर्ने निर्णय गरिएको छ ।
पालिकामा कसले कति पाउने भन्ने विषयमा कुरो मिल्न नसक्दा अन्तत गठबन्धन नै विथोलिएको हो । बाँडफाँडको विषयमा तालमेल नमिल्दा एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गठबन्धनमा आवद्ध दलहरुले गरेका छन् । संयुक्त बैठक बसेर चार दलका नेताहरुले चुनावमा तालमेल नगर्ने तर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् ।