जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा आज बिहानैदेखि कर्फ्यू आदेश जारी

कर्णाली अनलाइन ७ चैत्र २०७८, सोमबार ०४:१२

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्म प्रशासनले कफ्र्यू लगाएको हो।

मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा आइतबार झडपले उग्ररुप लिएपछि मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा कफ्र्यू जारी गरिएको छ।

विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा बिहानैबाट कफ्र्यू आदेश जारी गरिएको हो।

लेटाङको वडा नं. ३, वडा नं.४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको वडा नम्बर ६ को कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कफ्र्यू लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए।

लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो।

पौडेलले आइतबार एक विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षक र भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरीलाई आक्रोशित भीडले आक्रमण गर्दा उक्त घटना भएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमालेको पोलिटब्युरो बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बस्दै : हुँदैछ यी विषयमा छलफल

७ चैत्र २०७८, सोमबार ०४:१२
काठमाडौं। नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दैछ। स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे लागि तय भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए।पोलिट ब्युरोमा ९९ जना छन्। स्थानीय […]

सम्बन्धित शीर्षक