कोरोना खोप नलगाए कर तिर्नुपर्ने

कर्णाली अनलाइन २८ पुष २०७८, बुधबार ०६:०९

क्युबेक। क्यानडाको क्युबेक प्रान्तमा कोरोनाविरुद्धको खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ। कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो।

‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने तयारी गरेका छौ । किनकी उनीहरु सम्पूर्ण क्युबेक प्रान्तका लागि बोझ हुन्,’ क्युबेक प्रान्तका प्रमुख फ्रान्कोइस लेगाल्टले भने।

उनका अनुसार खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ।

खोप नलगाएका वा लगाउन अटेरी गर्नेलाई कर लगाइने उनले बताए। खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन्। आईसीयूमा उपचारार्थ ५० प्रतिशत व्यक्तिमध्ये अधिकांश खोप नलगाएका भएको उनको भनाई छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनलाइनबाटै घरको नक्सा दर्ता

२८ पुष २०७८, बुधबार ०६:०९
नवलपरासी पूर्व । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरू गरेको छ। नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो। अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य […]