काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ पुगेको छ।
बिहीबार २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार १६१ सक्रिय संक्रमित रहेका छन्।गत २४ घन्टामा ९ हजार ५१० पीसीआर तथा २ हजार ११६ एन्टिजेन परीक्षण भएको छ।

