काठमाडौं।आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।
तराईका भू-भागहरुमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनसमेत महाशाखाले अनुरोध गरेको छ।