रवि लामिछाने बिदा भए ‘ग्यालेक्सी फोर के’बाट

कर्णाली अनलाइन २ असार २०७९, बिहीबार १५:२७

काठमाडौँ। सञ्चारकर्मी रवि लामिछानेले आफू कार्यरत् टेलिभिजन ग्यालेक्सी फोर केबाट बिदा लिएका छन्।ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्।

उनले संघीय निर्वाचनमा काठमाडौँको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने जानकारी गराउँदै आज बिहीबार राजीनामा दिएर आधिकारिक रूपमा टेलिभिजनबाट बाहिरिएका हुन्। यद्यपि, उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने हालसम्म खुलेको छैन।

लामो समयदेखि सञ्चारक्षेत्रमा कार्यरत लामिछाने हालसम्म कुनै दलमा आवद्ध छैनन्। यसअघि उनी राप्रपामा आवद्ध हुने चर्चा चलेकाे थियाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछाने भन्छन:रहरले सञ्चारकर्मी बनेँ, परिस्थितिले राजनीतिज्ञ बन्दैछु'

२ असार २०७९, बिहीबार १५:२७
काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा आएका छन् । उनी आजै आफू आबद्ध ग्यालेक्सी टेलिभिजनबाट अलग्गिएका छन् । त्यसपछि उनले एक भिडिओ सन्देशमार्फत् भनेका छन्, ‘मैले सञ्चारकर्मीका रूपमा सकेजति गरेँ । अब म मेराे आवाजहरूलाई संसद्‌सम्म लान चाहन्छु ।’ उनले आफू रहरले सञ्चारकर्मी बनेपनि परिस्थितिले राजनीतिज्ञ बन्दै गरेकाे बताएका छन् […]

सम्बन्धित शीर्षक