रवि लामिछाने भन्छन:रहरले सञ्चारकर्मी बनेँ, परिस्थितिले राजनीतिज्ञ बन्दैछु’

कर्णाली अनलाइन २ असार २०७९, बिहीबार १६:२३

काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा आएका छन् । उनी आजै आफू आबद्ध ग्यालेक्सी टेलिभिजनबाट अलग्गिएका छन् । त्यसपछि उनले एक भिडिओ सन्देशमार्फत् भनेका छन्, ‘मैले सञ्चारकर्मीका रूपमा सकेजति गरेँ । अब म मेराे आवाजहरूलाई संसद्‌सम्म लान चाहन्छु ।’

उनले आफू रहरले सञ्चारकर्मी बनेपनि परिस्थितिले राजनीतिज्ञ बन्दै गरेकाे बताएका छन् । ‘म रहरले सञ्चारकर्मी बनेपनि आवश्यकताले, परिस्थितिले राजनीतिज्ञ बन्दैछु,’ उनले भनेका छन् ।

लामिछानेले असार ७ गते राष्ट्रिय सभागृहमा ‘आफ्नाे राजनीतिक यात्राबारे बताउनेगरी’ सभा गर्दैछन् । उनले काठमाडाैँकाे क्षेत्र नं. ५ बाट स्वतन्त्ररूपमा चुनाव लड्ने बताउँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुन:बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

२ असार २०७९, बिहीबार १६:२३
काठमाडौँ। पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर ९१ रुपैयाँ ९१ […]