काठमाडौँ।चीनमा भुक्तानीका लागि व्यापक प्रयोग गरिने डिजिटल वालेट सेवा ‘वीच्याट पे’ नेपालमा आधिकारिक रूपमै प्रयोगमा आएको छ।
योसँगै नेपालमा आउने चिनियाँ पर्यटक तथा व्यवसायीहरूले क्यूआर कोडबाट नेपालमा भुक्तानी गर्ने बाटो खुला भएको छ।
नेपाल र भारतबीच समेत अन्तर्देशीय विद्युतीय भुक्तानी सेवा सुरु गर्ने विषयमा सहमति जुटेको भए पनि त्यसका लागि आवश्यक पर्ने प्राविधिक र कानुनी पूर्वाधारको विषयबारे अझै छलफल भइरहेको छ।
अधिकारीहरूका अनुसार ‘एडप्सन’ (प्राप्त गर्ने) र एक्जिक्युसन (कार्यान्वयन)का हिसाबले यो नेपालमा प्रयोगमा आएको पहिलो अन्तर्देशीय क्यूआरमार्फत् हुने भुक्तानी सेवा हो।