सोनाम ल्होसारका अवसरमा बुधबार सार्वजनिक बिदा

कर्णाली अनलाइन १८ माघ २०७८, मंगलवार ०७:५०

काठमाडौं। सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको हो।

गृह मन्त्रालयको सूचनमा उल्लेख छ, ‘२०७८ माघ १९ गते बुधबार सोनाम ल्होसारका उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदेको २०७८ माघ १७ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विरेन्द्रनगरलाई सुन्दर र स्वच्छ बनाउन सांगीतिक कार्यक्रम आयोजना

१८ माघ २०७८, मंगलवार ०७:५०
सुर्खेत ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शहरलाई सफा र स्वच्छ नगर बनाउन सांगीतिक कार्यक्रम गरिएको छ। विभिन्न चारवटा संस्थाहरुको सहकार्यमा सचेतनामुलक सांगितिक कार्यक्रम गरिएको हो ।फोहोर व्यवस्थापन ,हरियाली प्रवद्धधन र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुयाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले जानकारी दिए। वीरेन्द्रनगर नगरपालिका,युएनडिपी […]