कालीकोटमा हाईस दुर्घटनाहुँदा ५ घाइते

कालिकोट संवाददाता ५ श्रावण २०७९, बिहीबार १७:०२

कालिकोट। जिल्लाको खाँडाचक्र नगरपालिकामा हाईस दुर्घटनाहुँदा पाँच जना घाइते भएका छन् । कालीकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः४५ बजेतिर दुर्घटना भएको हो ।

हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।उनकाअनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घटनाको पुरा विवरण भने आउन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा हाइस दुर्घटनाहुदाँ एक जनाको मृत्यु नौ घाइते

५ श्रावण २०७९, बिहीबार १७:०२
कालिकोट। बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईस […]