विप्लव र प्रकाण्ड पार्टीबाट निष्कासित

कर्णाली अनलाइन २१ बैशाख २०७९, बुधबार ०८:१०

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा सुख्खा पहिरोमा परेर दुई बालकको मृत्यु, एक घाइते

२१ बैशाख २०७९, बुधबार ०८:१०
जुम्ला।जुम्लाको तिला गाउँपालिका–२ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ। पहिरोमा एक महिला घाइते भएकी छन्।तिला–२ को डण्डेलीमा नयाँ घर निर्माणका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै रणबहादुर बोहराको नयाँ घर निर्माणका […]