जुम्लामा सुख्खा पहिरोमा परेर दुई बालकको मृत्यु, एक घाइते

कर्णाली अनलाइन २२ बैशाख २०७९, बिहीबार ००:२६

जुम्ला।जुम्लाको तिला गाउँपालिका–२ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ। पहिरोमा एक महिला घाइते भएकी छन्।तिला–२ को डण्डेलीमा नयाँ घर निर्माणका लागि खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै रणबहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको उनीहरूको ज्यान गएको हो।बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए। उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

मृतक बालकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ।प्रहरीका अनुसार दिउँसो साढे दुई बजेतिर सुख्खा पहिरो गएको हो।@RSS


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेरबहादुर देउवालाई भेट्न मानेनन् पाैडेलले

२२ बैशाख २०७९, बिहीबार ००:२६
काठमाडाैँ।चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न अस्वीकार गरेका छन्। पौडेलजी आफ्नाे अडानमा रहेकाले देउवा भेट्न नमानेकाे चितवनका एक नेताले बताए।‘उहाँ आफ्नाे अडानमा डग्नुभएकाे छैन। रेनुजीले उम्मेदवारी फिर्ता गरे मात्र आफूले फिर्ता गर्ने भन्नुहुन्छ’, ती नेताले भने। देउवा भरतपुरमा […]