शेरबहादुर देउवालाई भेट्न मानेनन् पाैडेलले

कर्णाली अनलाइन २२ बैशाख २०७९, बिहीबार ०५:४०

काठमाडाैँ।चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न अस्वीकार गरेका छन्।

पौडेलजी आफ्नाे अडानमा रहेकाले देउवा भेट्न नमानेकाे चितवनका एक नेताले बताए।‘उहाँ आफ्नाे अडानमा डग्नुभएकाे छैन। रेनुजीले उम्मेदवारी फिर्ता गरे मात्र आफूले फिर्ता गर्ने भन्नुहुन्छ’, ती नेताले भने।

देउवा भरतपुरमा हुने चुनावी सभालाई सम्बाेधन गर्न हिजै भरतपुर पुगेका छन्।पाैडेलले आफ्नाे अडान कायम राखेका छन्। आज बिहान वरिष्ठ नेता रामचन्द्र पाैडेलले पनि उनलाई फकाउने चेस्टा गरेका थिए।पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहाललाई चुनौती दिएका कारण भरतपुर गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ।

भरतपुरकाे हाकिमचाेकमा हुने चुनावी सभालाई शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज सुनको भाउ तोलामा १४ सय बढ्यो

२२ बैशाख २०७९, बिहीबार ०५:४०
काठमाडौं।नेपाली बजारमा आज सुनको भाउ बढेको छ।  साताको पाँचौं दिन  बिहीबार बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन प्रतितोलामा […]