आज सुनको भाउ तोलामा १४ सय बढ्यो

कर्णाली अनलाइन २२ बैशाख २०७९, बिहीबार ०६:२०

काठमाडौं।नेपाली बजारमा आज सुनको भाउ बढेको छ।  साताको पाँचौं दिन  बिहीबार बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैंकमा तरलता संकट, बुधबार बैंकले ९८ अर्ब २२ करोड सापटी लिए

२२ बैशाख २०७९, बिहीबार ०६:२०
काठमाडौँ।तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिनु बैंक तथा वित्तीय संस्थाका लागि नौलो घटना रहेन । गत आर्थिक वर्षको पछिल्ला एक/दुई महिनादेखि नै बैंक तथा वित्तीय संस्थाले अल्पकालीन सापटीको भरमै बैंकिङ व्यवसाय चलाएका छन् । यो क्रम हरेक दिन चलिरहेको छ । चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र […]