विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस ३ दिने भ्रमणका लागि नेपाल आउँदै

कर्णाली अनलाइन २ बैशाख २०७९, शुक्रबार ०८:१०

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)  का महानिर्देशक डा. ट्रेडोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा ट्रेडोस नेपाल आउन लागेका हुन्।ट्रेडोस ३ दिने भ्रमणका लागि यही ८ वैशाख  (२१ अप्रिल) मा नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए।

सचिव पोखरेलका अनुसार भ्रमणका क्रममा ट्रेडोसले नेपालका उच्च अधिकारीहरुसँग भेटघाट गर्नेछन्। नेपालमा रहँदा डा. टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा शम्भु आचार्य पनि आउने कार्यक्रम तय भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीसँगै चुनावी तालमेल असहज भयो : अध्यक्ष प्रचण्ड

२ बैशाख २०७९, शुक्रबार ०८:१०
काठमाडौँ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग समेत चुनावी तालमेल असहज भएको ब्रिफिङ गरेका छन्।पाँच दलीय गठबन्धनले केन्द्रमा गरेको निर्णय जिल्ला तथा स्थानीय तहमा कार्यान्वयन गर्न आनाकानी भइरहेका बेला दाहालले सबै ठाउँमा गठबन्धन हुने संभावना नरहेको बताएका हुन्। चुनावी समीक्षाका लागि नेताहरुसँगको बैठकमा दाहालले सबै दलले बलियो गरी दाबेदारी […]