कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

कर्णाली अनलाइन १ फाल्गुन २०७८, आईतवार ०९:५३

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्।राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा  उक्त पार्टीको अध्यक्ष बनेका हुन्।

आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो।निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमितिबारे जानकारी आएको देशसञ्चारसँग बताए।

‘उहाँ  अध्यक्ष रहने गरी नयाँ कार्यसमितिको निवेदन आयोगमा आएको छ,’ अर्यालले भने।राप्रपा नेपालको विधान अनुसार १ सय ५१ जनाको केन्द्रीय समिति बन्नुपर्ने प्रावधान छ।

राप्रपा एक भएपछि राप्रपा नेपालकोअध्यक्ष लाक्पा तामाङ भएका थिए।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना माग बेवास्ता गरेको भन्दै थापाले केही दिनअघि राप्रपाबाट राजीनामा दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेयर बजारमा आज १००.६७ अंकले ओरालो , १३ वटै समूह राताम्य

१ फाल्गुन २०७८, आईतवार ०९:५३
काठमाडाैं ।साताकाे पहिलाे दिन सेयर बजारमा पहिरो गएको छ। बजार आज १००.६७ अंकले ओरालो लागेर नेप्से परिसूचक २७ सयकाे विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ५११.६६ को विन्दुमा झरेकाे आज कारोबार रकम करिब ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बैंकहरूले व्याजदर बढाउँदा त्यसकाे […]