एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

कर्णाली अनलाइन ९ फाल्गुन २०७८, सोमबार ०६:१५

काठमाडौं।एमसीसीबारे आन्तरिक विवाद भएपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।बैठक दिउँसो १ बजेका लागि बोलाएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। सत्ता गठबन्धन दल समाजवादीमा एमसिसीलाई लिएर मत बाझिएपछि बैठक बोलाइको हो।

हिजो बिहान बसेको गठबन्धन दलको बैठकले संसदमा एमसीसी टेबल गर्ने निर्णय गरेर टेबल भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका थिए। उनले संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयका बारेमा पनि फरक–फरक विज्ञप्ति आएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोेटको तिलागुफामा आइतवार घुम्ती शिविर सञ्चालन

९ फाल्गुन २०७८, सोमबार ०६:१५
कालीकोट।जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए […]